Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा एक व्यक्तिले श्रीमतीको हत्या गरेर टाउको बोकेर गाउँमा घुमिरहेका बेला प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ ३६ वर्षीय जङ्गबहादुर घिसिङले सामान्य विवादपछि आफ्नी २८ वर्षीया श्रीमती प्रमिला लामालाई खुकुरीले आक्रमण गरी घाँटी छिनाएर हत्या गरेका थिए। त्यसपछि उनले मृतकको टाउको बोकेर सडकमा हिँडिरहेका बेला इलाका प्रहरी कार्यालय जलजलेको टोलीले उनलाई पक्राउ गरेको हो।

ताप्ली गाउँपालिका–४ थानागाउँ स्थायी घर भएका उनीहरू त्रियुगा नगरपालिका–६ जलजलेको वडा कार्यालय नजिकै घर भाडामा लिई चिया पसल गर्दै आएका थिए । सामान्य विवादमा तामाङले श्रीमतीलाई खुकुरी प्रहार गरी घाँटी छिनाएर टाउको लिएर बाटोमा हिँड्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया