Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँसरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग १५ बुँदे विवरणको जवाफ मागेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले घिसिङले प्राधिकरणको नेतृत्वमा बसेर गरेका काममा असन्तुष्टि जनाउँदै १५ बुँदे विवरण सोध्दै जवाफ मागेका हुन्।

स्रोतका अनुसार, कार्यकारी निर्देशक घिसिङप्रति मन्त्री खड्काले असहिष्णु व्यवहार देखाएका छन्। त्यसै क्रममा दसैँको बिदा सुरु हुने समयमा प्रष्टिकरणको आशयको विवरण माग गरिएको हो। सकभर उहाँलाई हटाउने तरिकाले नै स्पष्टीकरण सोधिएको मन्त्रालयका एक जना अधिकृतले समुद्रपारिलाई जानकारी दिएका छन् । प्रधानमन्त्री ओली र उर्जामन्त्री खड्काले घिसिङलाई पहिल्यैनै निर्देशक पदबाट हटाउन चाहन्थे तर अदालतले प्राधिकरणका केही सञ्चालक सदस्यहरूलाई निलम्बन गरेपछि उनीहरू पछि हटेका थिए।

मन्त्री खड्काले माग गरेको कागजातहरू घिसिङको कार्यसम्पादन र प्राधिकरणका खरिद प्रक्रियासँग सम्बन्धित छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै निर्देशक घिसिङप्रति मन्त्री खड्काले समेत असहिष्णु व्यवाहार गर्दै आएका छन्। यसअघि, संसदको सार्वजनिक लेखा समितिबाट घिसिङविरुद्ध कारबाहीको निर्देशन रोकिएको थियो। जसले सरकारलाई अन्य उपायहरू प्रयोग गरेर घिसिङलाई असहज बनाउने रणनीतिमा लाग्न बाध्य बनाएको छ।

 

 

तपाईको प्रतिक्रिया