Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा आएको छ। मंगलबार खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट मेलम्चीको पानी वितरण शुभारम्भ गरेका हुन् । यो पानी विभिन्न वितरण शाखामार्फत काठमाडौं उपत्यकामा आपूर्ति गरिएको छ।

सोमबार मन्त्री यादव मेलम्ची संघर्ष समितिसँग वार्ता गर्न मेलम्ची पुगेका थिए। वार्तापछि भएको सहमतिका आधारमा मंगलबार पानी वितरण पुनः सुरु भएको हो। मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा आपूर्ति हुँदै आएको छ। यसअघि, वर्षा सुरु भएपछि असार १० गतेदेखि मेलम्चीको पानी वितरण रोकिएको थियो।

तपाईको प्रतिक्रिया