Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सेयर बजार सोमबार पनि उच्च अंकले बढेको छ । पछिल्लो समय सेयर बजारले फेरी बृद्धि हुने लय समातेको हो । आज नेप्से परिसूचक ३७ दशमलव १३ अंकले बढेर २६९० दशमलव ७२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै फाइनान्स र उत्पादन उपसूचक बाहेकका सबै इन्डेक्समा कारोबार भएका कम्पनीहरुको शेयरमूल्य बढेको छ । जसमा बैकिङ्ग उपसूचक सर्वाधिक प्रतिशतले वृद्धि भएको छ ।

सोमबार ३०५ वटा कम्पनीहरुको एक करोड ५८ लाख ४५ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ सात अर्ब नौ करोड रुपैयाँको कारोबार भएको छ । जसमा १७६ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

 

तपाईको प्रतिक्रिया