Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाहरूले आर्थिक सहयोग गरेका छन्। आज बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न कम्पनी र वित्तीय संस्थाहरूले सहयोग रकम हस्तान्तरण गरे। भारतको सबैभन्दा ठूलो जलविद्युत् कम्पनी, राष्ट्रिय हाइड्रोपावर कर्पाेरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलले रु एक करोड सहयोग प्रदान गरे। त्यसैगरी, अरुण तेस्रो जलविद्युत् आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माले पनि रु एक करोड सहयोग गरे।

वित्तीय संस्थाहरूबाट पनि महत्वपूर्ण सहयोग प्राप्त भएको छ। प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनले रु एक करोड र प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले रु ३१ लाखको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरे।

यसबाहेक, प्रभु इन्सुरेन्सका अध्यक्ष राजेन्द्र मल्लले रु २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकी अध्यक्ष शिक्षा भट्टचनले रु २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माले रु २५ लाख प्रदान गरे। प्रधानमन्त्री ओलीले राहत कोषमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै हालैको बाढीपहिरो र डुबानबाट प्रभावितलाई सहयोग पुर्‍याउन यो रकम महत्त्वपूर्ण हुने बताए।

 

 

तपाईको प्रतिक्रिया