Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बडादशैं मनाउनका लागि काठमाडौँ उपत्यका छोड्नेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ। लामो दूरीका सार्वजनिक यातायात र हवाई टिकटहरू पाउन निकै कठिन भइसकेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार असोज १४ देखि २० गतेसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले उपत्यका छोडिसकेका छन्। शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्र १६ हजार चार सय ६५ जनाले काठमाडौँबाट बाहिरिएका थिए।

कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर भए पनि यात्रा गर्न बाध्य छन् भने अधिकांश नागरिकहरु टिकट पाउनै मुस्किल भएका कारण दसैँको समयमा पनि घर जान नपाएर काठमाडौँ उपत्यकामै रोकिन बाध्य भएका छन्।

तपाईको प्रतिक्रिया