Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीहरूले बाढी, पहिरो र डुबानबाट प्रभावित जनताको राहतका लागि उक्त चेक बुझाएका हुन्।

सो अवसरमा प्रधानमन्त्री ओलीले बैंकलाई धन्यवाद व्यक्त गर्दै, उद्योग र लगानीकर्तालाई प्रोत्साहित गर्ने गरी कर्जा प्रवाह गर्न आग्रह गरे। साथै, उनले खराब कर्जाप्रति कडाइका साथ काम गर्न र प्रणाली तथा कानुनअनुसार निष्पक्ष रूपमा कार्य गर्न निर्देशन दिए।

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाहरूले गरी तीन करोड ४८ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रारम्भिक रूपमा एक अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो र अन्य संस्था तथा व्यक्तिहरूबाट सहयोग आउने क्रम जारी छ।

 

 

तपाईको प्रतिक्रिया