Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कीर्तिमानी आरोही निर्मल (निम्स दाइ) पुर्जा र मिङ्माजी शेर्पाले अक्सिजन बिना नै विश्वका १४ हिमाल आरोहण गरेर नयाँ कीर्तिमान रचेका छन् । दुवै आरोहीले तिब्बती समयअनुसार शुक्रबार अपरान्ह ८ हजार २७ मिटर अग्लो शिशापाङ्ग्मा हिमाल बिना अक्सिजन सफल आरोहणपछि १४औं आरोहणको कीर्तिमानी बनाएका हुन् ।

आरोहण सफलतापछि पुर्जाले विना अक्सिजन १४ हिमालको आरोहण गरेर आफूहरु दुई जनाले पहिलो नेपाली रेकर्ड बनाएको जानकारी दिए । उनले विश्वलाई आफूहरुले एकता र स्वस्थ प्रतिस्पर्धाको शक्ति देखाएको बताएका छन् । उनीहरुले ८ हजार मिटर भन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विना अक्सिजन आरोहण गरिसकेका छन् । शिशापाङ्मा १४औं हिमाल हो ।

पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् । विश्वकै अग्लो शिखर सगरमाथासहित संसारभरका ८ हजार मिटरमाथिका १४ वटा हिमालमा यो उनको ४९ औं आरोहण हो । उनीपछि दोस्रो स्थानमा सर्वाधिक ८ हजार मिटरभन्दा अग्ला हिमालमा सफल आरोहण गर्नेमा कामीरिता शेर्पा छन् ।

हिउँद याममा पहिलो पटक विश्वकै दोस्रो अग्लो हिमाल केटू तथा विश्वका १४ वटा अग्ला शिखर सबैभन्दा द्रुत गतिमा आरोहण गर्नेलगायत तीन दर्जन बढी रेकर्ड निम्स दाइका नाममा छन् । म्याग्दी मूल घर भई हाल बेलायतमा बस्दै आएका निम्स दाइ हाल नेपाली शेर्पा आरोहीसँगको साझेदारीमा इलाइट एक्सपिड नामको कम्पनीमार्फत पर्वतारोहण क्षेत्रमा कार्यरत छन् ।

अचेल उनी गाइड बिना ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्दै आइरहेका छन् । १६ वर्ष बेलायती सेनामा काम गरेका निम्स दाइले २०६९ पुसमा पहिलो पटक सगरमाथा आधार शिविरसम्म पदयात्रा गरेका थिए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया