समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रकाशमानसिंह राउतलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त गर्ने तयारी गरेका छन्। नियुक्तसँगै सपथ पनि आजै हुने भएको छ । शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे निर्धारण गरिएको छ ।
राउत, पूर्व प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाशपछि नयाँ प्रधानन्यायाधीशका रूपमा चयन भएका हुन्। ३१ भदौमा संवैधानिक परिषदले उनलाई प्रधानन्यायाधीशको रूपमा सिफारिस गरेको थियो र त्यसपछि १६ असोजमा संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो। राउतले अब साढे एक वर्षसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नेछन्।