Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार साँझ ओएसआर डिजिटलको युट्युब च्यानलमा फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

फिल्म दशैं फूलपातिको अवसरमा असोज २४ गते विहिबारदेखि प्रदर्शन हुने भएको छ । सार्वजनिक ट्रेलरमा मुख्य कथावस्तुसहित एक्सन, कमेडी, रोमान्स पनि समेटिएको छ । फिल्ममा दीपकराज गिरीलाई भ्रष्टाचार नगर्ने कर्मचारीको भूमिकामा देखाइएको छ । फिल्ममा दीपाश्री निरौला निर्देशन गरेकी छन् ।

फिल्ममा निरौलासँगै दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीको मुख्य भूमिका छ । माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माता हुन् । आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा बनेको फिल्मले भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरेको छ ।

तपाईको प्रतिक्रिया