Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – अमेरिकास्थित नेपाली दूतावासले मेक्सिको र ग्वाटेमालाको सिमानामा भएको गोलाबारीमा सबै नेपाली सुरक्षित रहेको बताएको छ ।

बुधबार नेपालीसहित ३३ जना आप्रवासी चढेको ट्रकमा ग्वाटेमालाको सिमानामा मेक्सिकोको सेनाले गोली चलाएको थियो । गोलाबारीमा ६ जना मारिएको मिडिया रिपोर्टहरूले सार्वजनिक गरेको थियो । शनिबार वक्तव्य जारी गर्दै अमेरिकास्थित नेपाली दूतावासले ट्रकमा सवार सवै नेपाली सुरक्षित रहेको जनाएको हो ।

दूतावासका अनुसार ट्रकमा ११ जना नेपाली सवार रहेको र अहिले उनीहरू सबै मेक्सिको प्रहरीको हिरासतमा छन् । ‘सबै ११ नेपाली नागरिक अहिले मेक्सिकोको अध्यागमन कार्यालयको हिरासतमा छन् । नेपालीहरू कोही पनि मारिएका छैनन्,’ शनिबार दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ ।

आप्रवासी सवार ट्रकमा मेक्सिको प्रहरीले अन्धाधुन्ध गोली चलाएको भन्ने खबरहरू सार्वजनिक भएपछि दूतावासले त्यसमा ध्यानाकर्षण भएको पनि बताएको छ । बुधबार मेक्सिको सेनाले चियपसस्थित हुक्स्लामा नेपालीसहित ३३ जना आप्रवासी बोकेको ट्रकमा गोली चलाएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया