Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनबीच शिष्टाचार भेट भएको छ। बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा दुबै पक्षले नेपाल र बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्दै विस्तार गर्ने विषयमा विचार विमर्श गरेका छन्। विशेषगरी ऊर्जा लगायतका क्षेत्रमा सहकार्यलाई थप बलियो बनाउने बारेमा छलफल भएको छ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया