Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

गुजरातको नवसारीमा एक दर्दनाक घटनामा यौन सम्पर्कपछि युवतीको मृत्यु भएको छ । घटनासँग सम्बन्धित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । युवकलाई युवतीलाई समयमै अस्पताल नलगेको र प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोपमा हिरासतमा राखिएको छ ।

प्रहरीले जानकारी अनुसार, युवकले होटलमा एक परिचित युवतीसँग यौन सम्पर्क गरेका थिए, जसका कारण अत्यधिक रक्तस्राव भयो । युवतीलाई गम्भीर अवस्थामा अस्पताल लैजानुको सट्टा, युवकले अनलाइनबाट औषधि खोजेर समय बिताए, जसले गर्दा युवतीको मृत्यु भयो । फरेन्सिक रिपोर्टले पुष्टि गरेअनुसार, अत्यधिक रक्तस्रावकै कारण युवतीको ज्यान गएको हो । समयमै अस्पताल पुर्‍याएको भए युवतीको जीवन बचाउन सकिने बताइएको छ ।

घटना सेप्टेम्बर २३ मा भएको हो । प्रहरीका अनुसार, मृतक युवती नर्सिङ अध्ययनरत थिइन् र आरोपीसँग केही वर्ष अघि परिचय भएको थियो।  दुई वर्षसम्म सम्पर्कमा नरहेपछि हालसालै उनीहरूको पुनः सम्पर्क भएको थियो । घटना भएको दिन उनीहरू होटलमा निजी समय बिताउन गएका थिए ।

घटनापछि युवकले होटलबाट बाहिरिनु अघि रक्तका दागहरू सफा गरेर प्रमाण मेटाउने प्रयास गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । युवकमाथि ‘मानसिकरूपमा लापरवाही गरी हत्या’ (culpable homicide not amounting to murder) को आरोपमा मुद्दा दर्ता गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया