Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको पछिल्लो आक्रमणपछि मध्यपूर्वमा तनाव झन् बढेको छ । इजरायलले हिजबुल्लाह लडाकु समूहविरुद्ध कारबाही गर्दै, आठ जना इजरायली सैनिकको मृत्युको बदलामा लेबनानको भूमिमा आक्रमण गरेको हो ।

हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र इरानी आईआरजीसी कमाण्डर अब्बास निलफोरोसनको हत्या पछि, इरानले इजरायलमाथि २०० मिसाइल प्रहार गरेपछि यस क्षेत्रको तनाव उच्च भएको छ ।

इजरायली सेनाले लेबनानको भूमिमा प्रवेश गरी लगातार हिजबुल्लाह लक्षित आक्रमण गरिरहेको छ, जसको प्रतिकारमा लेबनानबाट पनि प्रतिरोध जारी छ । संयुक्त राष्ट्र संघले मध्यपूर्वको यो उग्र अवस्थाबारे छलफल गर्न आपतकालीन बैठक बोलाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया