Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – भारतीय वायुसेनाको एउटा हेलिकप्टर बिहारको बाढीमा आपतकालीन अवतरणका क्रममा डुबेको छ । कोशी नदी बिहार राज्यको दरभंगामा फुटेर बस्तीमा पसेपछि भएको डुबानमा फसेका मानिसलाई राहत-सामग्री बाँड्न पुगेको हेलिकप्टर आफैं डुबेको हो ।

राहत लिएर पुगेको हेलिकप्टरमा प्राविधिक समस्या आएपछि पानीमै अवरण गर्ने क्रममा डुबेको हो । यो घटना बिहार राज्यस्थित मुजफ्फरपुरको हो । बुधबार पानीमा वायुसेनाको हेलिकप्टर आपतकालीन अवतरणका क्रममा डुबेको हो ।

समाचार अनुसार बुधबार दिउँसो बाढीपीडितलाई हेलिकप्टरबाट लगेर राहत बाँड्नुपर्ने थियो । त्यहीबेला हेलिकप्टरको एउटा ब्लेड भाँचिएको थियो । जसका कारण हेलिकप्टरलाई आपतकालीन अवतरण गराउनुपर्‍यो । यो अवतरण बाढीकै पानीमा गराउने क्रममा हेलिकप्टर डुबेको हो ।

इन्डिया टुडेका पत्रकार रोहित सिंहले गरेको रिपोर्टिङअनुसार घटना मुजफ्फरपुर जिल्लाको घनश्यामपुरमा भएको हो । यहाँ इन्डियन एयर फोर्सको हेलिकप्टर राहत बोकेर पुगेको थियो । राहत लिएर पुगेको हेलिकप्टरको पंखाको एउटा ब्लेड अचानक भाँचिन पुग्छ । त्यसपछि पाइलटले हेलिकप्टरलाई पानीमै उतारेका थिए । तर यो घटनामा कसैको ज्यान भने तलमाथि भएन ।

स्थानीयबासीले तत्कालै डुंगा लगेर हेलिकप्टरमा सवार सबै जवान र पाइलटलाई बचाएका छन् । तर त्यही क्रममा केही स्थानीयले हेलिकप्टरबाट राहत सामग्री लिएर पनि भागेका छन् ।

तपाईको प्रतिक्रिया