Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा नेपालमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो रकम अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.८ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकले अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको जानकारी दिएको छ। जुन अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ ।

गत वर्ष यसै अवधिमा नयाँ श्रम स्वीकृति लिने संख्या ३९ हजार १५२ र पुनः श्रम स्वीकृति लिने संख्या १६ हजार ४२३ थियो। साथै, खुद्रा द्वितीय आय १ खर्ब ४८ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्षको १ खर्ब २८ अर्ब २१ करोड रुपैयाँभन्दा बढी हो।

 

 

तपाईको प्रतिक्रिया