Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लागुऔषध ओसारपसार र बिक्रीको आरोपमा पक्राउ परेका रास्वपाका पुर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन्। कास्की जिल्ला अदालतले बुधबार उनलाई ७५ हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएपछि उनी रिहा भएका हुन्।

श्रेष्ठले आफ्नो औषधि पसलबाट चिकित्सकको प्रेसक्रिप्सनबिना मनोद्विपक पदार्थ बिक्री गरेको आरोप लागेको थियो। उनलाई कास्की प्रहरीले भदौ २७ गते पक्राउ गरेको थियो।

प्रकाश थापामगर नाम गरेका व्यक्ति टुप्याइन ट्याबलेटसहित पक्राउ परेपछि उनकै बयानबाट श्रेष्ठ पक्राउ परेका थिए । कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाका अनुसार, बयान सकिएपछि सरकारी वकिल कार्यालयमार्फत मुद्दा अदालतमा बुझाइएको थियो र त्यसपछि अदालतले श्रेष्ठलाई धरौटीमा रिहा गरेको हो।

तपाईको प्रतिक्रिया