Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी बिरामी परेका छन्। कास्की प्रहरी हिरासतमा रहेका जोशीलाई हल्का निमोनियाको लक्षण देखिएपछि उनको बयान लिने काम रोकिएको छ र उनलाई उपचारका लागि अस्पताल लगिएको छ।

प्रहरीका अनुसार जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ। जोशीले गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम अपचलनबारे आफूलाई जानकारी नभएको दाबी गरेका छन्। उनी मंगलबार दुई घण्टा सोधपुछमा सहभागी भए पनि बुधबारदेखि बिरामी भएका हुन्।

गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक रवि लामिछानेसँगको सम्बन्धमा पनि अनुसन्धान जारी छ। जीबी मलेसियामा लुकेका छन् भने रविले सामाजिक सञ्जालमार्फत् आफ्नो बचाउ गरिरहेका छन्। प्रहरीले छविको बयानपछि रविलाई पक्राउ गर्ने योजना बनाएको छ। जीबीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरिसकेको छ।

तपाईको प्रतिक्रिया