Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिकूल मौसमका कारण देशभरका हवाई उडानहरूमा अवरोध हुन थालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू मौसमको खराबीले प्रभावित भएका छन् । काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (VFR) अन्तर्गत उडानहरू भइरहे पनि काठमाडौं बाहिरका गन्तव्यहरू जस्तै विराटनगर र सिमरातर्फका उडानहरू प्रभावित भएका हुन्।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार इनरुट मौसम बिग्रिएकाले दुई विमानहरू डाइभर्ट भएका छन्। यती एयरलाइन्सको काठमाडौंबाट सिमरा जाने विमान सिमरामा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ। त्यस्तै, काठमाडौंबाट विराटनगर उडेको अर्को यती एयरलाइन्सको विमान पनि बीच बाटोबाट फर्किएको छ।

मौसमको खराबीका कारण पर्वतीय उडानहरू (माउन्टेन फ्लाइट) रद्द गरिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू भने सामान्य रूपमा सञ्चालन भइरहेको छ। मौसम विभागका अनुसार मनसुनी वायु र बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको असरका कारण देशका अधिकांश भागमा मौसम बदली रहेको छ र केही स्थानहरूमा मेघगर्जनसहित वर्षा भइरहेको छ।

तपाईको प्रतिक्रिया