Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु शान्ति सुरक्षाको माग गर्दै निवेदन लिएर प्रहरीका पुगेकी छन् । उनी राउतको तर्फबाट विभिन्न किसिमका धम्की र मानसिक यातना भोगेको बताउँदै ललितपुरस्थित इमाडोल प्रहरी प्रभागमा निवेदन दिन पुगेकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सिन्धुका अनुसार प्रहरीबाट निवेदन लिन आनाकानी भएको थियो । सातदोबाटो प्रहरी वृत्तका डीएसपी चित्र भट्टराईले सोनी सिन्धुको निवेदन लिन मातहतका अधिकारीलाई निर्देशन दिएको जानकारी दिए । उनले भने, ‘मैले प्रभागलाई निवेदन लिन भनेको छु ।’

सिन्धुले श्रीमान् राउतबाट ज्यान मार्ने धम्कीसमेत पाएको र तीन नाबालिग सन्तानहरूबाट अलग गरिदिने धम्की दिइएको बताइन् । यद्यपि, बिहीबार प्रहरीमा दिएको निवेदनलाई तत्काल दर्ता नगरिएको र आज (शुक्रबार) थप छलफलका लागि बोलाइएको उनले बताइन् ।

यो पनि : सीके राउतले हाले श्रीमती सिन्धु रानीसँग सम्बन्धविच्छेद मुद्दा

डा. राउत र उनकी पत्नी सोनी सिन्धु एउटै घरको अलग तल्लामा बस्दै आएका छन् । उनीहरूका तीन सन्तान, एक छोरा र दुई छोरी, आमा सिन्धुसँग बसिरहेका छन् । राउतले पनि यसअघि प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए भने ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदको माग गर्दै रिट दायर गरेका छन् ।

सोनी सिन्धुले भने आफू हालका लागि राउतलाई छाड्ने मनस्थितिमा नरहेको बताइन् । उनले भनिन्, ‘सन्तानहरू नाबालिग छन्, उनीहरूलाई आमा-बुवाको माया आवश्यक छ । म अंश लिएर सन्तानलाई छाडेर अलग हुन चाहन्नँ ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया