Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका समर्थकहरूमाथि कुटपिट भएको छ। हिजो विहिबार अपरान्ह ४ बजेबाट सुरु भएको ‘नेसनल डे कन्सर्ट’मा सहभागी ती युवाले बालेन जिन्दावादलगायत नारा लगाएका थिए। पाँच जनाको समूहले बालेनका समर्थकमाथि हातपात गरेको बताइएको छ। संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठूलो संख्यामा राष्ट्रिय झण्डासहित सहभागी भएका थिए।

कुटपिट गर्ने व्यक्तिहरूको पहिचान हुन नसकेको तर उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान र स्वप्न सुमनको प्रस्तुति रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कन्सर्टमा सहभागिता जनाएका थिए। कार्यक्रममा सुरक्षा उच्च स्तरमा राखिएको थियो।

 

 

 

तपाईको प्रतिक्रिया