Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – हवाई यातायातलाई यात्राका लागि सबैभन्दा सुरक्षित र भरपर्दो साधनका रूपमा लिइन्छ । संसारमा हरेक दिन हजारौँ किलो भारवहन क्षमताका जहाज घण्टौँ समय लगाएर हजारौँ माइलको दुरी पार गर्दै सुरक्षित रूपमा ओहोरदोहोर गर्दै आइरहेका छन् । तर विडम्बना नेपाली आकाश भने असुरक्षित रहँदै आएको छ ।

गत बुधबार काठमाडौँबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको नाइन एन–एएमई सिआरजे सेभेन विमान त्रिभुवन विमानस्थल परिसरभित्रै भएको दुर्घटनाले नेपाली आकाशले फेरि एउटा दुःखद घटना सामना गर्नु परेको छ । विमानका सहचालकसहित १८ जनाको निधन भएको उक्त दुर्घटना आधुनिक उपकरणले सुसज्जित देशकै सबैभन्दा सुविधायुक्त र सर्वाधिक सुरक्षित मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाडेको केही सेकेन्डमै भएको हो ।

दुर्घटनापछि तत्काल परिचालन हुनुपर्ने ‘रेस्क्यु एन्ड फायर फाइटिङ डिभिजन’ ले उद्धारका काममा देखाएको ढिलासुस्तीले धेरै जना मृत्युवरण गर्न बाध्य भएका छन् । त्यसको दुई साता नबित्दै नुवाकोटमा हेलिकप्टर दुर्घटनामा हुँदा त्यसमा सवार सबै ५ जनाको मृत्यु भयो ।

खास गरी विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम, पर्याप्त सूचना संकलन र प्रवाह गर्न विमानस्थलमा आधुनिक उपकरणको अभाव, पुराना मोडलका जहाज, जहाजमा हुने प्राविधिक गडबडी, मानवीय त्रुटिलगायतका कारण नेपालमा हवाई दुर्घटना बढिरहेका छन् । हवाई क्षेत्रसँग प्रत्यक्ष जोडिने एयरक्राफ्ट (मेसिन), पाइलट (जनशक्ति) र प्रोसेड्युर अर्थात् समग्र प्रणाली र प्रक्रियाबिच तालमेल नहुनु, विमानचालकलाई हुने दबाब, हवाई दुर्घटनापछि त्यसबारे हुने छानबिन र तयार हुने प्रतिवेदनको फितलो कार्यान्वयन र नियामक निकाय एउटा टाउकोमा दुई वटा ह्याट लगाएर बसेकै कारण दुर्घटनाले निरन्तरता पाइरहेको विज्ञहरूको बुझाइ छ ।

विश्वका धेरै हवाई दुर्घटना हुने मुलुकमा नेपाल पनि पर्छ । पछिल्लो सात दशकको इतिहास हेर्दा हवाई दुर्घटनाका कारण मुलुकको साख कमजोर हुँदै गएको छ । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्ड पालना गर्दै हवाई सुरक्षामा सुधार गरिरहेको दाबी गर्दै आएको छ । तर युरोपेली संघ (इयु को हवाई प्रतिबन्ध सूचीबाट हट्नका लागि गरिरहेको प्रयासलाई हवाई दुर्घटनाको निरन्तरताले थप अप्ठ्यारो पार्दै लगेको छ ।

पछिल्लो समय हवाई सुरक्षामा भएको केही सुधारका आधारमा इयुको कालो सूचीबाट हट्छौँ कि भन्ने विश्वास थियो तर हाम्रो सुधार पर्याप्त देखिएन । प्राधिकरणको तथ्यांकअनुसार नेपालको हवाई उडानको सात दशक लामो इतिहासमा हालसम्म हाम्रो आकाशमा १०८ वटा सानाठुला हवाई दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर ९६९ यात्रुको दुःखद निधन भइसकेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया