Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारलाई आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन्। बुधबार पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै लिङदेनले सरकारले संविधान विरोधी नेताहरूमाथि निगरानी राखेको समाचारप्रति प्रतिक्रिया जनाएका हुन्।

उनले आफूहरु संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोधी भएको र यसको विपक्षमा उभिने बताए । यद्यपि, उनले आफूहरूले हालसम्म अराजकतामा विश्वास नगरेको र संयमता अपनाएको पनि स्पष्ट पारेका छन्।

लिङदेनले अहिलेको संविधानले देशको समस्याहरू समाधान गर्न असमर्थ रहेको भन्दै विगतका राम्रा पक्षहरूलाई समेटेर दलहरूबीच नयाँ समझदारीका साथ संविधान संशोधन गर्नुपर्ने धारणा राखेका छन्।

 

 

तपाईको प्रतिक्रिया