Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – दशैँको फूलपातीको दिन अर्थात् यही असोज २४ गतेबाट प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ज्वाइँ साब’का प्रमुख कलाकार जितु नेपाल र नीति शाह अहिले फिल्मवृत्त र दर्शकका लागि ‘हट केक’ बनेका छन् ।

फिल्ममा अनुवन्धित भएसँगै चर्चा कम भएका होइनन् । जितु र नीति फिल्मको प्रचार सामग्री, पोस्टर, टीजर र गीत ‘कसम बत्तीको’ सार्वजनिक भएपछि सबैको ध्यान उनीहरुतर्फ केन्द्रित भएको छ । जितु र नीतिको जोडीको केमेष्ट्रीलाई गीत ‘कसम बत्ती’ले राम्रोसँग प्रस्तुत गरेको छ, जसले दर्शक र फिल्मकर्मी दुवैमा चासो बढाएको छ ।

सामाजिक सञ्जालमा यो गीतको लोकप्रियता पनि निकै बढेको छ । प्रेमभाव दर्शाउने यस गीतमा विभिन्न उमेरका दर्शकहरूले टिकटकमा भिडियोहरू बनाउन व्यस्त छन् । फिल्मको पोस्टरमा जितु र नीति बेहुला-बेहुलीको गेटअपमा प्रस्तुत भएका छन् । यस पोस्टरमा जितुलाई डोलीमा राखेर हिमेश पन्त र बुद्धि तामाङले बोक्दा, नीति बेहुलीको रूपमा अगाडि उभिएको दृश्यले दर्शकको चासोको पारामा अझै वृद्धि गरेको छ । सामान्यतया विवाहमा बेहुलीलाई डोलीमा चढाइन्छ, तर यस फिल्ममा उल्टो प्रस्तुत गरिएको छ ।

निर्देशक वसन्त निरौलाले ‘ज्वाइँ साब’मा फरक कथा दर्शकलाई प्रस्तुत गर्ने बताएका छन् । उनले भने, ‘पोस्टर, टीजर र गीत रिलिजपछि फिल्मले राम्रो हाइप पाएको छ। प्रमुख कलाकार जितु र नीति ले चरित्र अनुसार न्याय दिएका छन् ।’ राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा जितु र नीतिसँगै अन्य कलाकारहरू जस्तै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, र कविता आलेको पनि अभिनय छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेका यस फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । अर्जुन पोखरेल र महेश ताम्राकारको संगीतमा सजिएको यो फिल्मको एक्सन संजय थापाले, छायांकन श्याम तामाङले र सम्पादन सन्देश शाहले गरेका छन् । रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्म्सको सहकार्यमा निर्माण भएको यो फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया