Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की बुधबार दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले यो दोस्रोपटक विश्वासको मत लिनुपर्ने स्थिति आएको हो। कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए। त्यत्बेल उनी माओवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर, साउन ११ मा माओवादीले सरकार छाडेपछि कार्कीले फेरि विश्वासको मत लिनुपर्ने भएको हो।

कोसी प्रदेशमा अहिले एमाले र नेपाली कांग्रेसबीच गठबन्धन बनेको छ। माओवादीले सरकार छाडेपछि नेपाली कांग्रेसले सरकारमा सहभागिता जनाएको छ। एमालेसँग ४० र कांग्रेससँग २९ सांसद रहेकोले मुख्यमन्त्री कार्कीलाई सहजै विश्वासको मत प्राप्त हुने सम्भावना छ। ९३ सदस्यीय प्रदेशसभामा ४७ मत बहुमतका लागि आवश्यक छ भने सत्ता गठबन्धनसँग ६९ जना सांसद छन्। जसले गर्दा मत प्राप्तिमा कठिनाई नहुने देखिन्छ।

 

 

तपाईको प्रतिक्रिया