Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आउँदैछ। नेपालमा पहिलो पटक सञ्चालनमा आएको यो केबलकार अब ‘डिजिटल’ प्रविधिमा अद्यावधिक भएर सेवा दिनेछ। गत असार ३१ गतेदेखि स्तरोन्नति तथा मुख्य तारको लट्ठा परिवर्तन गर्नका लागि सेवा बन्द गरिएको थियो।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार २६ वर्षदेखि ‘एनालग’ प्रविधिमा सञ्चालन भइरहेको केबलकारलाई ‘डिजिटल’ प्रणालीमा रूपान्तरण गर्ने काम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यमा अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर र प्राविधिकहरूको महत्वपूर्ण भूमिका रहेको छ।

सन् १९९८ मा गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध मनकामना मन्दिरमा पुग्ने दर्शनार्थीहरूको सुविधाका लागि यो केबलकार सुरु गरिएको थियो। यसको ‘बटम स्टेसन’ चितवनको इच्छाकामना गाउँपालिका–४, चेरेसमा अवस्थित छ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया