Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूको निर्णय गर्न बुधबार बैठक बोलाएको छ। यसअघि आइतबारका लागि तय गरिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो। संसद् सचिवालयका अनुसार बुधबारको बैठकले राजदूतहरूको नियुक्तिमा निर्णय लिने छ।

सरकारले गत महिना भारत, चीनलगायत १७ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो। साउन १४ मा सरकारद्वारा १८ देशका लागि सिफारिस गरिएका नामहरूमध्ये एक जनाको नाम फिर्ता लिइएपछि बाँकी १७ जनाको नाम संसदीय सुनुवाइ समितिमा पठाइएको थियो।

सिफारिस गरिएका राजदूतहरूमा चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली, भारतका लागि डा. शंकर शर्मा, जर्मनीका लागि डा. शैल रुपाखेती, डेनमार्कका लागि सुम्निमा तुलाधर, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताल छन्। अन्य सिफारिस गरिएका राजदूतहरूमा कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, र दक्षिण अफ्रिकाका लागि प्रा. डा. कपिलमान श्रेष्ठ रहेका छन्।

समितिले यसअघि नै प्रस्तावित राजदूतहरूसँग कार्ययोजना छलफल गरिसकेको छ र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग पनि राय लिइसकेको छ।

तपाईको प्रतिक्रिया