Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानमा ६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूको संख्या यो वर्ष ३ करोड ६२ लाख ५० हजार पुगेको छ। जुन जापानको कुल जनसङ्ख्याको २९.३ प्रतिशत हो। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जापान विश्वका २०० भन्दा बढी देशहरूमध्ये वृद्ध जनसंख्याको अनुपातका आधारमा पहिलो स्थानमा छ।

युरोपका इटाली, पोर्चुगल, ग्रीस, फिनल्याण्ड, जर्मनी र क्रोएसिया जस्ता देशहरू पनि शीर्ष १० मा पर्छन्। यी देशहरुमा वृद्धको जनसंख्याको अनुपात २० प्रतिशतभन्दा बढी छ। दक्षिण कोरियामा १९.३ प्रतिशत र चीनमा १४.७ प्रतिशत वृद्धवृद्धा छन्।

जापान बढ्दो वृद्ध जनसङ्ख्याका कारण चुनौतीहरूको सामना गरिरहेको छ। वृद्धवृद्धाको सङ्ख्याले स्वास्थ्य र कल्याण सेवामा खर्च बढाउँदै गएको छ भने श्रमशक्ति घट्दै गएको छ। जसले आर्थिक गतिविधिमा असर पुर्याइरहेको छ। जापानको कुल जनसङ्ख्या पाँच लाख ९५ हजारले घटेर हाल १२ करोड ४० लाखमा पुगेको छ। आइतबारको तथ्याङ्कअनुसार सन् २०२३ मा जापानमा ९१ लाख ४० हजार वृद्धवृद्धाले काम गरिरहेका छन् जसले कुल श्रमशक्तिको १३.५ प्रतिशत ओगट्छ।

 

 

 

 

तपाईको प्रतिक्रिया