Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट हालसम्म १४ जनाको मृत्यु भएको छ भने ६१ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य विभागका डा. अभियान गौतमका अनुसार भदौ १५ देखि असोज १५ सम्म यस रोगको उच्च जोखिम हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

यो रोग साउन महिनादेखि कात्तिकसम्म देखिने गरेको छ। यो रोग विशेषगरी ‘क्युलेक्स’ जातको लामखुट्टेको टोकाइबाट फैलिन्छ। यो जातको लामखुट्टेले फोहर र जमेको पानीमा फुल पार्छ। लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर मानिसमा संक्रमण सार्ने गर्दछ। लामखुट्टेले टोकेपछि बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुनेजस्ता समस्या देखिने गर्दछ ।

सरकारले सन् २०१६ देखि १२ महिनासम्मका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिँदै आएको छ। डा. गौतमले १२ महिनामा छुट भएका बालबालिकालाई पाँच वर्षसम्म खोप दिइने जानकारी दिए । यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन झूल टाँगेर सुत्ने, जनावरलाई घरबाट टाढा राख्ने र पानी जम्ने ठाउँहरू सफा राख्नुपर्ने सुझाव दिइएको छ।

 

 

तपाईको प्रतिक्रिया