Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अब सरकारी कार्यालयहरूमा मात्र नभई देशभरका सबै अदालतहरूमा पनि अनलाइन शेयर कारोबार प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) प्रयोग गर्न रोक लगाइएको छ। सर्वोच्च अदालतले एक सूचना मार्फत उच्च अदालत, जिल्ला अदालत लगायत सम्पूर्ण न्यायालयमा टीएमएस सञ्चालन नगर्न निर्देशन जारी गरेको छ।

यसअघि, संघीय, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयहरूमा टीएमएस प्रयोगमा रोक लगाउने निर्णय सरकारले गरिसकेको थियो। २१ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयहरूमा टीएमएस प्रयोग नगर्न सिफारिस गरेपछि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २३ भदौमा यो प्रणाली नचलाउने निर्देशन दिएको हो।

साथै, कार्यालय समयमा टीएमएस प्रयोग भइरहेको छ वा छैन भनेर सूचना प्रविधिको प्रयोग गरी निगरानी गर्न पनि निर्देशन दिइएको छ।

 

 

तपाईको प्रतिक्रिया