Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरौटी बुझाउन नसकेर थुनामा रहेकाहरूलाई ६ महिनाभन्दा बढी थुनामा राख्न नपाइने भएको छ। सर्वोच्च अदालतले धरौटी बुझाउन नसकेर थुनामा रहेकाहरूलाई ६ महिना भन्दा बढी थुनामा नराख्न फैसला गरेको हो ।

सर्वोच्चको आदेश अनुसार यदि ६ महिनाभित्र फैसला हुन सकेन भने थुनामा रहेकाहरूलाई थुनामुक्त गरी तारिखमा राख्नुपर्नेछ। यो निर्णय पाँच जना न्यायाधीशहरूको बृहत् पूर्ण इजलासले गरेको हो। इजलासमा न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ, शारङ्गा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंङ्गाना र सुनिल कुमार पोखरेल सहभागी थिए। फैसलामा धरौटी असुली प्रक्रियालाई प्रभावकारी बनाउन अदालत प्रशासनको पनि ध्यानाकर्षण गराइएको छ।

तपाईको प्रतिक्रिया