Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मलेसिया गएको नेपाल प्रहरीको टोलीले गृहमन्त्री रमेश लेखकलाई सहकारी ठगी प्रकरणका आरोपी जीबी राईलाई नेपाल ल्याउन नसक्नुको कारण ब्रिफिङ गरेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार, केही दिनअघि भएको ब्रिफिङमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर सहित मलेसिया गएका प्रहरी उपरीक्षक (एसपी) सहितका अधिकारी सहभागी थिए ।

लामिछानेले उपप्रधानमन्त्री एवं गृहमन्त्री हुँदा मलेसियाका गृहमन्त्री सैफुदिन नासुतिन इस्माइलसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीमा उहाँहरुबीच के–के कुरा भएको सार्वजनिक नभएपनि सोही टेलिफोन वार्ताले जीबी राईलाई पक्राउ गर्न बाधा पुर्‍याएको जनाएको छ। लामिछानेको उच्चस्तरीय हस्तक्षेपले यस विषयलाई प्रहरी तहबाट बाहिर पुर्‍याएको टोलीको भनाइ छ।

नेपाल प्रहरीका अनुसार अहिले जीबी राईलाई फिर्ता ल्याउन कूटनीतिक र उच्चस्तरीय पहल आवश्यक छ। राईविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरे पनि मलेसियाली अधिकारीहरूले यो विषय मन्त्री तहमा पुगेको भन्दै प्रक्रिया अघि बढाउन असमर्थता जनाएका छन्। राईले क्वाललम्पुरमा अपार्टमेन्ट खरिद गरेका थिए तर पछिल्लो समय उनले बसोबास स्थान परिवर्तन गरी मलेसिया र सिंगापुरको सीमा नजिक एक टापुमा बस्न थालेको बटाइएको छ।

तपाईको प्रतिक्रिया