समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का नेता र सांसद मेटमणि चौधरीलाई पार्टीले स्पष्टीकरण माग गरेको छ। चौधरीले कालापानी क्षेत्र भारतकै रहेको भन्ने आशयमा बोलेपछि उनलाई स्पष्टीकरण सोधिएको हो।
प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा मेटमणीले लिपुलेक– लिम्पियाधुरामा भारतको दाबी पुग्छ भनेपछि पार्टीले उनलाई तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन दिएको छ।