समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतविरुद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गरेको छ। जानुका पाठक उर्फ शोभाले नेता बस्नेतमाथि लगाएको बलात्कार र भ्रूण हत्या जस्ता आरोपमा अदालतले सफाइ दिएको हो। शोभाले २०८१ वैशाख २० मा दायर गरेको रिटलाई बुधबार उच्च अदालतले खारेज गर्यो।
न्यायाधीश ऋषिराज भण्डारी र खडानन्द तिवारीको संयुक्त इजलासले मुद्दामा पर्याप्त प्रमाण नभएको भन्दै बस्नेतलाई सफाइ दिएको छ। यसअघि काठमाडौँ जिल्ला अदालतले पनि यस्तै निर्णय सुनाएको थियो। पीडितका रूपमा प्रस्तुत भएकी महिलाले बस्नेतद्वारा बारम्बार पीडित भएको दाबी गरेकी थिइन्।
प्रकाशित मिति: बिहिबार, भाद्र २७, २०८१
प्रकाशित समय: २१:०३:३७