Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका छन्। ललितपुर जिल्ला अदालतमा राउतले आफ्नी पत्नी सोनी सिन्धुसँगको वैवाहिक सम्बन्ध अन्त्य गर्न माग गर्दै फिरादपत्र पेश गरेका हुन्। अदालतका प्रवक्ता रामसजिवन महतोका अनुसार राउतले भदौ १२ गते नै मुद्दा दर्ता गराएका थिए।

राउतले पत्नी सिन्धु घरमा बस्ने नगरेको र लामो समयदेखि भारतमा रहँदै आएको उल्लेख गरेका छन्। उनले श्रीमतीले परिवार र छोराछोरीको जिम्मेवारी पूरा नगरेको कारण सम्बन्ध टुटाउन चाहेको पनि बताएका छन्।

अदालत अहिले म्याद तामेलीको प्रक्रिया अगाडि बढाइरहेको छ। राउतले फिरादपत्रमा ‘अंश’ दिएर राख्न तयार रहेको कुरा पनि उल्लेख गरेका छन्। सिन्धु भारतीय नागरिक हुन् र उनीहरूका दुई छोरी र एक छोरा छन्। अदालतले सिन्धुको म्याद तामेली पछि दुवै पक्षको जवाफ सुनेर सम्बन्धबिच्छेदको निर्णय दिनेछ।

तपाईको प्रतिक्रिया