Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार पारालिम्पिकमा तेक्वान्दोमा कांस्य पदक जितेकी २१ वर्षीया पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। महासंघले गोवर्धनलाई तीन लाख, उनको प्रशिक्षक कविराज नेगी लामालाई एक लाख २५ हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँ प्रदान गरेको हो।

सम्मान समारोहमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गोवर्धन, प्रशिक्षक र व्यवस्थापकलाई बधाइ दिदैँ उनीहरूको योगदानको प्रशंसा गरे। साथै, उनले महासंघका सदस्य र निजी क्षेत्रलाई यस्ता प्रतिभाशाली खेलाडीहरूलाई थप सहयोग गर्न आह्वान गरेका छन्।

गोवर्धन पारालिम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्। जसले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदमा गर्वको अनुभूति गराएकी छिन्। गोवर्धनले २०२४ पेरिस पारालिम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको सुरुवात गरेकी हुन्। यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो।

 

 

 

तपाईको प्रतिक्रिया