Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँको फोहरमैला व्यवस्थापन हुने बञ्चरेडाँडा ल्याण्डफिल साइटको निगरानी काठमाडौँ प्लाजाबाट सुरु गरिएको छ। साइटमा प्रवेश गर्ने सवारी साधन र व्यक्तिहरूको गतिविधिमा निगरानी गर्न अत्याधुनिक सीसीटीभी क्यामरा जडान गरेर निगरानी सुरु गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार भन्छन्, ‘स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्याण्डफिल साइटमा अत्याधुनिक सीसीटीभीक्यामरा जडान गरिएको हो ।’

क्यामराबाट साइटमा काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिनेछ। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र वातावरण व्यवस्थापन विभागबाट पनि यी दृश्यहरू हेर्न सकिनेछ। वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार ९ वटा क्यामराले साइटको निगरानी गर्नेछ।

जडान गरिएका क्यामराहरू अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (ANPR) क्यामरा हुन्। जसले नेपाली भाषामा लेखिएका नम्बर प्लेट पनि सजिलै पढ्न सक्छन्। सूचना प्रविधि विभाग प्रमुख अनिरुद्र नेपालले यो क्यामराले आवाज र भिडियो दुवै सुन्न र रेकर्ड गर्न सक्ने जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया