Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले मिल्ने भएमा गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले गायिका माझीलाई हरेक नेपालीले हेर्न चाहेको बताएका छन् ।

‘मैले अधिकारमाथि हनन गर्न खोजेको होइन । यति राम्रो गीत गाउने, यति राम्रो स्वर भएकी विष्णु माझीलाई देख्न पाए हुन्थ्यो भन्ने नेपालीको हरेक मनले भनेको छ । उपाय छ भने सार्वजनिक होस्,’ उनले भने ।

गायिका माझी लोकदोहोरी क्षेत्रमा लोकप्रिय नाम हो । वर्षमा एकाध गीत गाउने उनका हरेक गीत लोकप्रिय हुने गर्छन् । यस पटकको तीजमा पनि उनले गाएको ‘आइनँ आमा’ गीत बजारमा चर्चित बनेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया