Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

काठमाडौं – अभिनेत्री वर्षा राउत लामो समयदेखि अमेरिकामा छिन् । उनी अमेरिकाका विभिन्न शहरहरुमा मञ्चन हुने नाटक ‘हिटरल आउँदैछ’ का लागि त्यहाँ पुगेकी हुन् ।

अघिल्लो वर्षको सफल फिल्म ‘महाजात्रा’ को सफलताले वर्षाको व्यस्तता थप बढाएको छ । दुई सन्तानकी आमाकी भूमिकामा देखिएकी वर्षालाई रियल लाइफमा पनि आमा कहिले ? भन्ने प्रश्न अत्यधिक सोधिन्छ ।

वर्षालाई एक जना फ्यानले सन्तान कहिले भन्ने प्रश्न भन्दा पनि सन्जोग कोइराला तथा तपाईँको सन्तान कति सुन्दर हुन्छ होला है ? भनेर प्रश्न सोधेका छन् । प्रश्नको जवाफमा वर्षाले ‘सुन्दर होस् भन्ने कामना गर्नु है’ भनेकी छिन् ।

वर्षा र सन्जोगले पाँच वर्षअघि वैवाहिक जीवनको सुरुवात गरेका हुन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया