Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

काठमाडौं – नायिका पूजा शर्माले एक पोडकास्टमा दिएको पछिल्लो अभिव्यक्तिप्रति गायिका समीक्षा अधिकारीले आपत्ति जनाएकी छन् । आफूसँग सम्बन्धित टुङ्गिसकेको मुद्दाबारे बोलेर नायिका पूजाले बारम्बार प्रहार गरेको समीक्षाको गुनासो छ ।

‘उमेरले झण्डै १४ वर्ष कान्छी बहिनी (आफू) लाई बारम्बार प्रहार गर्नु राम्रो हो र’ भन्दै उनले फेसबुकमार्फत प्रश्न पनि गरेकी छन् । पोडकास्टमा पूजाले समीक्षासँग सम्बन्धित एक मुद्दाबारे बालेकी छन्, जहाँ उनले पीडक भनिएका व्यक्ति अदालतबाट निर्दोष सावित भएकाले आक्षेप पनि झुटो प्रमाणित भएको दाबी गरेकी छन् । यसबारे बोल्दा विगतमा आफूलाई नायिकाहरूको समूहबाट बहिष्कृत गरिएको उनको भनाइ छ ।

समीक्षाले भने आफूले माफी दिएकैले मुद्दा सकिएको बताएकी छन् । माफी दिएर आफूले गरेको प्रेम प्रमाणित गरेको उनको भनाइ छ । ‘सत्य के हो, कि उसलाई थाहा छ कि मलाई थाहा छ, कि त भगवानलाई थाहा छ’, समीक्षाले लेखेकी छन्, ‘के सही, के गलत छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ र माफी दिएर सावित गरिदिएँ ।’

मुद्दा टुङ्गिएर सबै सामान्य भइसक्दा पनि बोलेर पूजाले फिल्म चलाउन खोजेको टिप्पणी समीक्षाले गरेकी छन् । ‘सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ’, समीक्षाले भनेकी छन्, ‘हिजो मेरो बहिनी भनेर आउनुभयो, मैले दिदी भनेँ, मानेँ, अहिले पनि मानेकी छु, मान्छु तर यसरी पीडा नदिनुस् प्लिज ।’

आफू अभिनित चलचित्र ‘रावायण’को प्रचारमा रहेकी पूजाले यसअघि पनि गायिका समीक्षासँग सम्बन्धित मुद्दाबारे विवादास्पद टिप्पणी गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया