Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको एक फेसबुक पोस्ट मेटाले हटाएको छ। यस पोस्टलाई धेरै मानिसहरूले रिपोर्ट गरेपछि मेटाले बालेनको पेजबाट यसलाई मेटाएको हो। मेयर शाहले फेसबुकमा नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटोसहितको स्ट्याटस शेयर गरेका थिए। यस स्ट्याटसमा सांसद शर्माले बालशोषण गरेको आरोप लगाउँदै उनलाई पक्राउ गर्नुपर्ने कुरा लेखिएको थियो।

उनले सांसद शर्माको फोटो राख्दै लेखेका थिए ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने? कि नसमाउने?,’

मेयर बालेन शाहले उक्त स्ट्याटस माइक्रोब्लगिङ साइट एक्समा पनि पोष्ट गरेका थिए। त्यहाँ भने हालसम्म यो पोस्ट उपलब्ध छ र देख्न सकिन्छ।

 

 

तपाईको प्रतिक्रिया