Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्र षडानन्द नगर कमिटी, भोजपुरले प्रकाश तामाङलाई घर बनाइदिने भएको छ । विद्या चापागाईँको ‘हेर्ने कथा’बाट सार्वजनिक भएका पका र काले भनिने प्रकाश तामाङलाई माओवादी केन्द्र नगर कमिटी र जनप्रतिनिधिहरूको पहलमा घर बनाउन लागिएको हो ।

त्यसका लागि पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता सुदन किराँतीको संयोजकत्वमा जिल्ला समन्वय समिति, भोजपुरकी सदस्य लकिदी शेर्पा र षडानन्द नगरपालिकाकी उपमेयर प्रमीला राई सदस्य रहनेगरी ‘घर निर्माण समिति’ बनाइएको छ ।

घर निर्माणका लागि माओवादी केन्द्रका नेता एवम् गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) का सभापति कृष्णकुमा राईले लगभग ६ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया