Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं – अभिनेता रामचन्द्र अधिकारी ‘काजी साब’ले आफू सकुशल रहेको बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो मृत्युको हल्ला फैलिएपछि मिडिया हबबाट सार्वजनिक भिडिओमा उनले भ्रमितको कुराको पछि नलाग्न आग्रह गरे ।

उनले आफूमाथि दानवरुपी व्यवहार भएको गुनासो गरेका छन् । ‘दर्शकहरुले एउटा मानवको रुपमा ममाथि दानवरुपी व्यवहार गर्नुभयो । उहाँहरुलाई पनि नमस्कार छ । मलाई जिउँदै मारियो । म बोलिरहेको छु,’ उनले भने ।

आफू मेरी बास्सैको सुटिङमै रहेको बताए । आफूबारे भ्रम फैलाएपछि आफ्नो मन दुखेको उनले गुनासो गरे । ‘अहिलेसम्म हामीबाट कसैको मन दुखाउने काम भएको छैन । अनि अरुले पनि नगरुन्,’ अधिकारीले भने ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् :- भिडिओ 

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया