Deneme Bonusu Veren Siteler
शुक्रबार, भाद्र २८, २०८१
Friday, September 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालबाट तीर्थयात्री बोकेर भारतको देवघर जाँदै गरेको एक नेपाली बस बिहारको समस्तीपुरमा दुर्घटना हुँदा ३० भन्दा बढी यात्रु घाइते भएका छन्। ना ७ ख ६४४६ नम्बरको यो बस आइतबार बिहान ३ बजेतिर मुश्रीघरारी थानाको नजिक दुर्घटनामा परेको हो।

घटनामा घाइते भएका सबै यात्रुहरूलाई मुश्रीघरारीस्थित निजी तथा सदर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। बसमा ४३ जना नेपाली तीर्थयात्री सवार थिए। भारतीय सञ्चारमाध्यमहरूका अनुसार बसको एक्सेल फुटेर दुर्घटना भएको हो, जसका कारण बस सडकको छेउमा पल्टिएको थियो। बसको गति तीव्र नभएकोले ठूलो मानवीय क्षति भने भएको छैन।

दुर्घटनाको जानकारी पाएपछि मुश्रीघरारी प्रहरी चौकीको टोलीले घटनास्थलमा पुगेर बसमा फसेका यात्रुहरूलाई उद्धार गरेको थियो। तीर्थयात्रीहरू जयनगर क्षेत्रबाट बस चढेर जलाभिषेक गर्न देवघर जाँदै थिए।

दुर्घटनामा परी घाइते भएकाहरूकाे नाम :

गीता देवी, सीमा कुमारी, विश्वनाथ मुखिया बिंद, शोभा कुमारी, राजेश्वरप्रसाद साह, मुस्कान साह, फेकन मुखिया, शिव कुमारी, सिपायति देवी, अमन प्रजापति, रामरती देवी, सुजिता कुमारी, राम किशोरी, राम नागेन्द्र साह, राम्भा साह, सुखिया देवी, लक्ष्मी राउत, रवीन्द्र कुमार, रामेश्वर साह, सुबोधप्रसाद साह, लक्ष्मण मुखिया, सुमन मिश्र, काजल कुमारी, किशोरी साह, उषा देवी।

 

 

तपाईको प्रतिक्रिया