Deneme Bonusu Veren Siteler
शुक्रबार, भाद्र २८, २०८१
Friday, September 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा आइभरीकोस्टका ३५ वर्षीय वारामा कोन छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई ३ भदौमा ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो।

वारामा कोन इथियोपियाबाट कतार एअरवेजमार्फत् दोहा हुँदै काठमाडौं आएका थिए। ब्यूरोका डीएसपी प्रेमबहादुर शाहीका अनुसार उनले उक्त कोकिन निलेर काठमाडौं ल्याएको पाइएको छ।

काठमाडौं आइपुगिसकेपछि उनले निलेको कोकिन मलद्वारबाट निकालेर बच्चाको खेलौना (डल) भित्र लुकाएर राखेको अवस्थामा भेटिएको थियो। बरामद गरिएको कोकिनको बजार मूल्य करिब ३ करोड ८० लाख रुपैयाँ बराबरको रहेको छ।

 

 

तपाईको प्रतिक्रिया