Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आत्मनिर्भर नेपाल अभियान सुरु गरेको छ । शनिबार अपराह्न पार्टीका उपसभापति डीपी अर्यालले पार्टी कार्यालयबाट घण्टी बजाएर अभियानको सुरु गरेका हुन् ।सो अवसरमा पार्टी कार्यालयमा ५ वटा नीति मन्थनबारे छलफल भएको उनले जानकारी गराए । उनले देशमा युवालाई रोक्नका लागि स्टार्टअप जस्ता विभिन्न कार्यक्रमहरू पार्टीले अघि सारेको बताए । पार्टीको ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दै रास्वपाले हरेक सुरुवात केही नयाँ कामबाट गरिरहेको उनको भनाई थियो ।‘नेपालमै बस्न हाम्रा दाजुभाईहरुले के काम गरिरहनुभएको छ, भनेर देखाउने प्रयास स्वरूप यो कार्यक्रम गरिएको हो । अब आउने दिनमा केन्द्रमा मात्र नभएर प्रदेशमा पनि यस्ता कार्यक्रम गर्छौँ । हामीले हरेक सुरुवात केही न केही नयाँ, नेपालीको आवश्यकता आजको युवा पुस्तालाई कसरी यो देशमा रोक्न सकिन्छ प्रयास गरिरहेका छौँ,’ उनले भने ।डा.प्रभात अधिकारी, हरि जोशी लगायतका युवाहरूले नेपाली युवालाई रोक्ने खालका स्टार्टअपका अवधारणा ल्याएको र त्यसबाट साना उद्योग व्यवसाय गर्न सकिने बताए ।कार्यक्रममा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले नेपाललाई आत्मनिर्भर बनाउन खोज्ने जुनसुकै उद्यमीलाई राज्यको कार्यक्रममा समेटेर लैजान उनीहरूलाई प्रवर्द्धन गर्न चाहेको बताए । राजनीति कम र उत्पादन मूलक काम गर्नका लागि रास्वपा पार्टी बनेको उल्लेख गरेको उनको भनाई थियो ।उनले नेपालमा अवसरको ढोका खोल्न सकेमात्र युवाहरू विदेश जानबाट रोकिने भएकोले नवप्रवर्तनको प्रदर्शनी राखिएको जानकारी दिए । नेपाली उत्पादनलाई प्राथमिकता दिई आत्मनिर्भर नेपाल बनाउने अभियान सुरु गरेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया