समाचार सुन्नुहोस :
काठमाडौँ – अघिल्लो दिन उच्च मूल्यको रेकर्ड बनाएको सुन बिहीबार भने घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य घटेर तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ पुगेको छ। बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा झरेको छ।