काठमाडौं – बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान करिब सवा ७ बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको थियो ।
वीरबहादुरकी श्रीमती, बुहारी र दुई नातिनीको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेका पाँच जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ । पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, भाद्र ०३, २०८१
प्रकाशित समय: १२:११:५०