Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

काठमाडौं – विश्वका सबैभन्दा मोटा खालिद बिन मोहसेन शारीले आफ्नो तौल घटाएर सबैलाई चकित पारेका छन् । साउदी अरबका पूर्व राजा अब्दुललाहका मद्दतले उनले आफ्नो ५४६ किलो तौल घटाएका हुन् ।

सन् २०१३ मा खालिदको तौल ६१० किलो थियो । उनी ३ वर्षभन्दा बढी समयसम्म ओछ्यानमै रहेका थिए । उनलाई आफ्नो सामान्य दैनिक काम गर्नका लागि पनि परिवारका सदस्य एवं साथीहरूको सहारा लिनुपथ्र्यो । खालिद साउदी अरबको जजान सहरका वासिन्दा हुन् ।

खालिदको यो अवस्थालाई देखेर त्यस समयमा राजा अब्दुल्लाहले उनको जीवन बचाउनका लागि सहयोग गरेका थिए । राजाले खालिदका लागि ३० जना मेडिकल टिमको व्यवस्था गरेका थिए । यस टिमले उनको मडिकल, उपचारदेखि डाइटमा ध्यान दिएका थिए ।

सन् २०१३ मा खालिदको तौल ६१० किलो थियो । सन् २०२३ सम्ममा उनको तौल ६३.५ किलोमा पुगेका थिए । त्यसबेला खालिद आफ्नो ओछ्यानबाट उठ्न पनि सक्दैनथे । त्यसैले उनलाई घर जजानदेखि राजधानी रियादको किंग फहाद मेडिकल सिटीसम्म फोर्क–लिफ्ट क्रेन र विशेष बेडमा ल्याइएको थियो । अहिले उनको अवस्था सामान्य रहेको मेडिकल टिमले जनाएको छ ।

तपाईको प्रतिक्रिया