समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पुनः बस्दैछ। बिहीबारदेखि सुरु भएको बैठक आज पनि बस्ने माओवादी स्रोतले जनाएको छ। आजको बैठकमा सदस्यहरूले वैचारिक, राजनीतिक, र सांगठनिक अवस्थाको मूल्यांकन गर्दै विभिन्न कार्यभारबारे आफ्नो धारणा प्रस्तुत गर्नेछन्।
हिजो(शुक्रबार)को बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा गरिएको थियो। पार्टी मुख्यालय पेरिसडाँडामा सम्पन्न भएको हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र मित्रराष्ट्र बंगलादेशमा हालै घटेका राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरेका थिए। साथै, उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबीच भएको सहमतिको बारेमा पनि जानकारी दिएका थिए।
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१
प्रकाशित समय: १०:१६:४८